जब थानकोट वृत्तबाट पक्राउ पुर्जी जारी भएका बलात्कार आरोपी प्रहरी देख्नेबित्तिकै बेहोस भएर ढले..

Thankot Times

थानकोट ।

प्रहरी वृत्त थानकोटले बलात्कारको कसुरमा एक जना अधिवक्ता पक्राउ गरेको छ ।

४८ वर्षीय महिलाको जाहेरीका आधारमा गत बुधबार प्रहरीले अधिवक्ता भोजबहादुर केसीलाई पक्राउ गरेको हो ।

प्रहरी वृत्त थानकोटमा परेको जाहेरीका आधारमा काठमाडौँ जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो । पक्राउ पुर्जी जारी भए लगत्तै केसीलाई पक्राउ गर्न निजको घरमा पुगेको प्रहरीलाई चक्मा दिँदै केसी भने अस्पतालमा भर्ना भएका छन् । 

केसीलाई पक्राउ गरी प्रहरी वृत्तमा ल्याउन लाग्दा मुटुमा समस्या आएको भन्दै उनलाई मनमोहन कार्डियोथेरासिक भास्कुलर एण्ड ट्रान्सप्लाण्ट सेन्टरमा भर्ना गरिएको थियो । त्यसपछि एक रात प्रहरी वृत्त थानकोटको टोली नै अस्पतालमा केसीलाई कुरेर बसेको थियो । 

तर प्रहरी वृत्त थानकोटले पनि केसीविरुद्ध पक्राउ पुर्जी आई पक्राउ गर्न गएको भए पनि उनलाई पक्राउ गर्न नसकिएको बताएको छ । वृत्तका अनुसार केसीलाई पक्राउ गर्न प्रहरी पुगे पनि मुटुमा समस्या आएको बताएपछि उनलाई उपचारका लागि अस्पतालमा लगिएको हो । उपचार सकिए लगत्तै उनलाई पक्राउ गरी अनुसन्धानका लागि पक्राउ गरी ल्याउने प्रहरीले जनाएको छ ।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ