मिस नेवा: ११४३ को उपाधी नयाँ नैकापकी सकिनालाई (फोटो फिचर)

Thankot Times

थानकोट ।

नेप्लिज फेसन होमले आयोजना गरेको मिस नेवाः नेपाल ११४३ को ताज चन्द्रागिरि नगरकी सकिना महर्जनले पहिरिएकी छिन् ।

प्रज्ञा प्रतिष्ठानमा मंगलबार बेलुकी सम्पन्न प्रतियोगितामा महर्जनले विजेताको ताज पहिरिएकी  हुन्।

रोजिन शाक्य मुख्य कोरियोग्राफर रहेको प्रतियोगिता पूर्वमिस नेवाः नेपाल कृषा महर्जनले संयोजन गरेकी थिइन् ।

उपाधीसँगै सकिनाले नगद १ लाख रूपैयाँ प्राप्त गरेकी छिन् ।

१७ युवतीले अन्तिम प्रतिस्पर्धा गरेको १७औं संस्करणको मिस नेवाः नेपाल अन्तर्गत, फष्ट रनरअपको उपाधि ऋषिदा श्रेष्ठ र सेकेन्ड रनरअपको उपाधि मिनाशा मर्हजनले जितेका छन् ।

मिस नेवाः नेपालको आयोजक संस्था नेप्लिज फेसन होमकी अध्यक्ष हेमा मानन्धरले नेवारी कला, भाषा, संस्कार र संस्कृतिको संरक्षण तथा नयाँ पुस्तालाई हस्तानतरण गर्ने उद्देश्यले १७ वर्षदेखि मिस नेवाः नेपालको आयोजना गर्ने गरिएको बताइन्।

तस्बिरः प्रदिप महर्जन

 

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *