तीज मनाउन नगरपालिकाले प्रति वडा २५ हजार रुपैयाँ दिने
थानकोट ।
तीज पर्व मनाउनका लागि सिन्धुलीको कमलामाई नगरपालिकाले सबै वडा कार्यालयलाई पच्चिस हजार रुपैयाँ विनियोजन गरेको छ ।
नगरपालिकाले भदौ १२ गते सूचना जारी गरी आँउदै गरेको हरितालिका तीज पर्व भव्यताका साथ मनाउन नगरका सबै चौध वटै वडाका लागि प्रतिवडा पच्चिस हजार रुपैयाँका दरले उपलब्ध गराउने जनाएको छ ।
नगरपालिकाले आफ्नो वडामा रहेका महिला समुह, महिला सहकारी संस्था, बालक्लब, किशोरी समुह लगायत सरोकारवालासँगको सहभागितामा कार्यक्रम सम्पन्न गर्नुपर्ने जनाएको छ ।
कार्यक्रमको बिल भुक्तानीका लागि कार्यक्रमको प्रतिवेदन, सहभागि उपस्थितिको प्रतिलिपि, कार्यक्रमको फोटो, तथा वडाको सिफारिस पत्र पेश गर्नुपर्ने नगरपालिकाले जनाएको छ ।
यस वर्षको हरितालिका तीज असोज १ गते परेको छ ।












