आज बागमती नदीमा र्याफ्टिङ र्यालीः सुन्दरीजलबाट चोभारसम्म २५ किलोमिटर जलयात्रा गर्न पाइने
थानकोट ।
बागमती नदीमा साहसिक खेल र्याफ्टिङ खेल प्रवर्द्धन गर्ने तथा नदीलाई स्वच्छ राख्ने उद्देश्यले आज र्याफ्टिङ र्याली आयोजना हुँदैछ ।
जिल्ला समन्वयन समिति, काठमाडौंको आयोजना तथा नेपाल र्याफ्टिङ एण्ड क्यानोइङ संघको प्राविधिक सहयोगमा आज शनिबार एक दिने र्याफ्टिङर् याली हुन लागेको हो ।
‘हामी सँगसँगै सहकार्य गरौँ’ भन्ने नारा लिएर ऐतिहासिक बागमती नदिमा र्याफ्टिङ र्याली आयोजना हुन लागेकत्र जिसस काठमाडाैंका अध्यक्ष सन्तोष बुढाथोकीले जानकारी दिनुभयो ।
सो र्याली गोकर्णेश्वर नगरपालिकास्थित सुन्दरीजलदेखि सुरु भएर कीर्तिपुर नगरपालिकाको चोभार पुगेर समापन हुनेछ ।
कुल ४५ वटा डुङ्गाले सुन्दरीजलदेखि चोभारसम्म २५ किलोमिटरको दूरी पार गर्नेछ ।
प्रत्येक ढुङ्गामा एउटा गाइडसहित जनप्रतिनिधि र स्थानीय गरी ६ जना हुने नेपाल र्याफ्टिङ एन्ड क्यानोइङ संघका अध्यक्ष राजीव श्रेष्ठले जानकारी दिनुभयो ।
बिहान ७ः ३० बाट सुरु हुने र्याफ्टिङ र्याली यात्रा साँझ ५ः३० सम्म सञ्चालनमा हुनेछ ।
भदाै १६ गते शनिबार सुन्दरीजलबाट चोभारसम्म २५ किलोमिटर र्याफ्टिङ र्याली












