तीन हजार अमेरिकी डलरसहित धादिङमा समातिए सोम बहादुर

Thankot Times

थानकोट ।

अमेरिकी डलरसहित धादिङबाट एकजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका-३ का ३८ वर्षीय सोमबहादुर योञ्जन छन् ।

आइतबार साँझ करिब साढे ६ बजे थाक्रे गाउँपालिका-१, अमलेफाँटबाट उनलाई नियन्त्रणमा लिइएको बागमती प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरीका अनुसार योञ्जन सो स्थानमा पैदल हिँडिरहेका थिए ।

शंका लागी चेकजाँच गर्दा उनको साथबाट अमेरिकी डलर तीन हजार ३ सय ८ बरामद गरिएको थियो ।

उनी विरुद्ध थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ