दिवंगत एमाले नेता नेम्वाङको भोलि दाहसंकार गरिने

Thankot Times

थानकोट ।

नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको अन्तिम सं‌स्कार भोलि (बुधबार) गरिने भएको छ।

उनका दुवै छोरा विदेशबाट आएपछि मात्रै अन्तिम संस्कार हुने नेकपा एमालेले जनाएको छ।

दिवंगत नेम्वाङका जेठो छोरा मिङ्सो नेम्वाङ बेलायतबाट भोलि ४ बजे र  कान्छो छोरा सुहाङ नेम्वाङ अष्ट्रेलियाबाट आज राति ११ बजे आइपुग्ने छन्।

दुवै छोराहरू पुगेपछि अन्तिम संस्कार गरिनेछ। त्यसअघि नेम्वाङको शव श्रद्धाञ्जलीका लागि एमाले पार्टी कार्यालयमा राखिनेछ। केहीबेरमा पार्टी कार्यालयमा शव राखिने तयारी भइरहेको छ।

नेम्वाङलाई गएराति हृदयाघातका कारण निधन भएको थियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *