एकीकृत समाजवादी काठमाडाैं क्षेत्र नं. १० को इञ्चार्जमा रमा आलेमगर

Thankot Times

थानकोट ।

नेकपा एकीकृत समाजवादीले नेताहरुको कार्यविभाजनमा हेरफेर गरेको छ ।

केन्द्रीय सचिवालयको ६६औं बैठकले केन्द्रीय कमिटीको कार्यविभाजनमा केही हेरफेर गरेको हो । सो पार्टीले संघीय निर्वाचन क्षेत्रसम्म केन्द्रीय कमिटीका सदस्यलाई इञ्चार्ज बनाउने गरी कार्यविभाजन गरेको जनाएको छ ।

सो पार्टीका अध्यक्ष माधव कुमार नेपालले हालै जारी गरेको अन्तरपार्टी निर्देशन (अपानी) मा पछिल्लो कार्यविभाजन अनुसार अध्यक्ष नेपालले समग्र पार्टी कामको नेतृत्व गर्ने उल्लेख छ भने महासचिव घनश्याम भुसालले समग्र सांगठनिक कामको अनुगमन र मोर्चा संगठनका कामको विशेष अनुगमन गर्ने उल्लेख छ ।

सो पार्टीको केन्द्रीय कमिटि सदस्य रमा आलेमरलाई जिल्ला सहइञ्चार्ज तथा काठमाडाैं क्षेत्र नंं १० को इञ्चार्जको जिम्मेवारी दिइएको छ ।

काठमाण्डाै क्षेत्र नं. १० ख बाट बागमती प्रदेश सभा सदस्य निर्वाचित रमा आलेमगरलाई यसअघि काठमाण्डाै सहइन्चार्जको जिम्मेवारी दिइएको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *