प्रदेश अधिवेशन प्रतिनिधि चयनका लागि चन्द्रागिरिमा सहमतिको प्रयास जारी, सहमति नभए आजै निर्वाचन

Thankot Times

थानकोट ।

असोज ८ र ९ गते काठमाडाैंमा हुने नेकपा एमालेको बागमती प्रदेशको प्रथम अधिवेशनका चन्द्रागिरि नगरपालिकाबाट ३ जना महिलासहित ९ जना प्रतिनिधिले भाग लिन पाउने व्यवस्था रहँदा प्रतिनिधि बन्न चन्द्रागिरि नगरबाट १४ जनाले नाम दर्ता गराएपछि प्रतिनिधिको चयन टुंगोमा पुग्न सकेको छैन् । यद्यपी सहमतिको प्रयास जारी रहेको नेकपा एमाले चन्द्रागिरि कमिटिले जनाएको छ।

गत सोमबार नेकपा एमाले जिल्ला पार्टी निर्वाचन कार्यालय धुम्बाराहीमा चन्द्रागिरि नगरबाट प्रतिनिधित्व गर्ने गरि ३ जना महिला कोटामा ४ जनाले नाम दर्ता गराएको नेकपा एमाले काठमाडाैं जिल्ला कमिटिले जनाएको छ । यसैगरी खुल्ला ६ जनाको कोटामा १० जनाले नाम दर्ता गराएका थिए । जसमध्ये खुल्ला कोटाबाट अनन्तराज सिग्देलले नाम फिर्ता लिएको बताइएको छ ।

प्रस्तावित प्रतिनिधिका आकांक्षीहरूमाथि गत मंगलबार मध्यान्ह १२ बजेसम्म उजुरी दिन पाइने व्यवस्था मिलाइएको भएपनि सो पार्टीका उपाध्यक्ष सुवास नेम्वाङको निधन भएका कारण अधिवेशन प्रतिनिधि छनोट लगायतका सबै कार्यक्रम स्थगित भएको थियो ।

संशोधित निर्वाचन कार्यतलिका अनुसार हिजो शुक्रबार दिउँसो २ बजेसम्म नाम दर्ता गराएका प्रतिनिधिका आकांक्षीहरूले नाम फिर्ता लिन पाउने समय सीमा तोकिएकोमा सो अवधिभित्र सर्वसम्मत हुन नसकेपछि चन्द्रागिरि नगरबाट प्रतिनिधित्व गर्ने प्रतिनिधिको चयनका लागि आज निर्वाचन कार्यक्रम नै तय भएको बताइएको छ।

नेकपा एमाले चन्द्रागिरि नगर कमिटि सचिव राजभाई महर्जनका अनुसार प्रतिनिधि चयनका लागि सहमतिको प्रयाससँगै निर्वाचनको कार्यक्रमका लागि पनि तयारी भइरहेको छ । प्रतिनिधि चयन सर्वसम्मन नभएमा आज शनिबार बिहान ११ बजेबाट दिउँसो ३ बजेसम्म गुर्जुधारास्थित त्रिशक्ति पार्टी प्यालेसमा निर्वाचन हुनेछ ।

निर्वाचनमा भाग लिन २०८० चैत मसान्तसम्म सदस्यता नवीकरण गराएका  संगठित सदस्यहरुले नागरिकता वा परिचय खुल्ने फोटोसहितको कागजपत्र साथमा बोक्नुपर्ने बताइएको छ ।

चन्द्रागिरि नगरबाट बागमती प्रदेशको प्रथम अधिवेशनका लागि प्रतिनिधि बन्न नाम दर्ता गराउनेहरूको नामवली यसप्रकार छ जुन सूचीबाट अनन्तराज सिग्देलले नाम फिर्ता लिएको नेकपा एमाले चन्द्रागिरि नगर कमिटि सचिव राजभाई महर्जनले जानकारी दिनुभयो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *