नेकपा एमाले बागमती प्रदेश अधिवेशनः चन्द्रागिरि नगरमा सर्वसम्मत छानिए अधिवेशन प्रतिनिधि

Thankot Times

थानकोट ।

असोज ८ र ९ गते काठमाडाैंमा हुने नेकपा एमालेको बागमती प्रदेशको प्रथम अधिवेशनका चन्द्रागिरि नगरपालिकाबाट ३ जना महिलासहित ९ जना प्रतिनिधि सर्वसम्मत चयन भएका छन् ।

यसअघि अधिवेशनमा भाग लिन चन्द्रागिरि नगरबाट १४ जनाले नाम दर्ता गराएपछि प्रतिनिधिको चयन टुंगोमा पुग्न सकेको थिएन् । जसका कारण हिजो शनिबारका लागि प्रतिनिधि चयनका लागि सहमतिको प्रयास सँगसँगै निर्वाचनको समेत तयारी थियो । यद्यपी सहमतिको प्रयास सफल हुँदा निर्वाचनको प्रकृयामा जान नपरेको बताइएको छ ।

नेकपा एमाले चन्द्रागिरि नगर कमिटि सचिव राजभाइ महर्जनका अनुसार चन्द्रागिरि नगरबाट नेकपा एमालेको बागमती प्रदेशको प्रथम अधिवेशनका लागि महिलातर्फ बेलिमैयाँ घले, लिशा नकर्मी र उर्मिला कर्माचार्य चयन भएका छन् । यसैगरी खुला तर्फ क्रमशः हरिशरण थापा, सुरेन्द्र के.सी, लेमन श्रेष्ठ, नवराज भट्ट, सन्तोष खड्का र नारायण बहादुर महर्जन चयन भएका छन् ।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *