छैटाैं राष्ट्रिय लाखे नाच प्रदर्शनीमा १ दर्जन बढी जिल्लाका ५० भन्दा धेरैको लाखेको सहभागिता रहने
थानकोट ।
चन्द्रागिरि नगरपालिका ९, मच्छेगाउँमा असोज ५ र ६ गते हुने लाखे नाच प्रदर्शनीका लागि लाखे प्रदर्शनीको दर्ता कार्य सकिएको छ ।
आयोजक नेपाल साँस्कृतिक कला मन्दिरका अनुसार लाखे नाच प्रदर्शनीका लागि भक्तपुर, भोजपुर, खोटाङ, धादिङ, नुवाकोट, रामेछाप, दोलाखा, ललितपुर, कास्की, ताप्लेजुङ, ओखलढुङ्गा, मकवानपुर, सुनसरी, उदयपुर लगायतका जिल्लाबाट सहभागीहरूले नाम दर्ता गराएको बताइएको छ।
‘आफ्नो ठाउँको माैलिक कला र संस्कृति साटासाट गराैं’ नाराका साथ यसपटक आयोजना हुने कार्यक्रमको पहिलो दिन नायक भुवन केसी, सविन श्रेष्ठ, गायक कृष्ण विक तथा नेपाल चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामा लगायतलाई सम्मान गर्ने तालिका रहेको कार्यक्रम संयोजक निकेश शाहीले जानकारी दिनुभयो ।
आधुनिक संस्कार र संस्कृतिमा रमाइरहेका युवा जमातलाई आफ्नो मौलिक कला संस्कृति र पहिचानको बारेमा अवगत गराई उनीहरुलाई प्रत्यक्ष अनुभव गराउनु नै प्रदर्शनीको मुख्य उद्धेश्य रहेको आयोजक नेपाल साँस्कृतिक कला मन्दिरका अध्यक्ष रमेश शाहीले बताउनुभयो ।
गत वर्ष विभिन्न जिल्लाका ४२ समुहले लाखे नाच प्रदर्शनीमा सहभागिता जनाएका थिए ।













Udayapur Jillako nam xaina ki k ho