सुन चाँदीको मूल्य स्थिर
थानकोट ।
कारोबार हुने साताको तेस्रो दिन मंगलबार नेपाली बजारमा सोमबार सुन चाँदीको मूल्य स्थिर छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाल सुन तोलाको एक लाख १२ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । छापावाल सुन आइतबार पनि यही मूल्यमा कारोबार भएको थियो ।
आज तेजाबी सुन तोलाको एक लाख ११ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको छ ।
चाँदी तोलाको एक हजार ४३० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।













