कुलेश्वरमा रहेको एक गोदाममा ७० हजार किलो चिनी भेटिएपछि…..

Thankot Times

थानकोट । 

काठमाडाैंको कुलेश्वरमा रहेको गृहेश्वरी ट्रेडलिंक चिनी गोदाम सिल गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौं र वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको टोलीले गत बिहीबार सो गोदाममा सिल गरेको हो ।

स्टोरमा राखिएका ७० हजार केजी चिनीका बोराहरूमा लेबल नराखिएको र गोदाममा पानी जमेको देखिएपछि सिल गरिएको विभागका सूचना अधिकारी आनन्दराज पोखरेलले बताए । उनका अनुसार कतिपयमा बोरामा उत्पादन मिति र परिणाम मेटिएको अवस्थामा चिनीका बोरा भेटिएका थिए ।

“जिल्ला प्रशासनले हामीलाई सूचना दिएपछि हाम्रो टोली गोदाममा पुग्यो । गोदाममा पुग्दा पानी जमेको र लेबल मेटिएको बोराहरु भेटिए,” उनले भने, “चिनी गुणस्तरहीन भएको आशंका भएपछि हामीले गोदाम सिल गरेर गुणस्तर चेक गर्न ल्याबमा पठाएका छौँ ।”

अब आउने रिपोर्टअनुसार कारबाही अगाडि बढाउने पोखरेले बताए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *