नेपाल एलपी ग्यास उद्याेग संघको वरिष्ठ उपाध्यक्षमा चन्द्रागिरिका कृष्णभक्त श्रेष्ठ निर्वाचित

Thankot Times

थानकोट ।
नेपाल एल पी ग्यास उद्याेग संघको २८औँ साधारण सभा तथा ११औँ अधिवेशन सम्पन्न भएको छ ।
अधिवेशनले सर्वसम्मत रुपमा अध्यक्षमा शिव प्रसाद घिमिरेलाई निर्वाचित गरेको छ । यसैगरी, वरिष्ठ उपाध्यक्षमा चन्द्रागिरि उद्योग वाणिज्य संघका अध्यक्ष समेत रहेका कृष्णभक्त श्रेष्ठ, उपाध्यक्षमा दिवान बहादुर चन्द, सुरेन्द्र पौडेल निर्वाचित भएका छन् ।
संघको महासचिवमा जीत बहादुर कार्की, कोषाध्यक्षमा आशिष जजोदिया निर्वाचित भएका छन् ।

सदस्यमा सुनील सिन्हा, लोकहर्ष शाक्य, आदित्य पराजुली, आयुष नेपाल, योगेश पौडेल, युवक राजभण्डारी र वुद्धि डल्लाकोटी निर्वाचित भएका छन्।

मनिषकुमार जोशी र निर्मलकुमार खत्री क्षत्रीलाई सदस्यमा मनोनित गरिएको छ।


One thought on “नेपाल एलपी ग्यास उद्याेग संघको वरिष्ठ उपाध्यक्षमा चन्द्रागिरिका कृष्णभक्त श्रेष्ठ निर्वाचित

  1. अब एलपी ग्यास सस्तो मूल्यमा उपलब्ध हुने भयो फेरि चन्द्रागिरीमा ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *