सरकारद्वारा पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता
थानकोट ।
सरकारले पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिएको छ ।
मन्त्रिपरिषद् बैठकले मूल्य वृद्धि फिर्ता लिन आयल निगमलाई निर्देशन दिएसँगै निगमको सञ्चालक समितिले गरेको मूल्यबृद्धि फिर्ता हुने भएको हो ।
शनिबार बसेको निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर २, डिजेल र मट्टितेलमा प्रतिलिटर ६ र खाना पकाउने ग्याँसमा प्रति सिलिण्डर २१५ रुपैयाँ बढाउने निर्णय गरेको थियो ।
आयल नियमले स्वचालित मूल्य अनुसार मूल्यवृद्धि गरेको थियो ।
भारतीय आयल कर्पोरेशनले पठाउने मूल्यको अनुपातमा नेपालमा पेट्रोलियम पदार्थको मूल्य घटबढ हुने गरेको छ ।














