चाडपर्व नजिकिएसँगै चोरीका घटना बढ्दो, थानकोटबाट बिहानै चोरी भयो लाखाैं मूल्यको धनमाल
थानकोट ।
चाडपर्व नजिकिएसँगै काठमाडौं उपत्यकामा चोरीका घटना बढ्न थालेको छ । गत शुक्रबार बिहान चन्द्रागिरि नगरपालिकास्थित एउटा घरबाट लाखौंको धनमाल चोरी भएको छ ।
प्रहरीका अनुसार चन्द्रागिरि नगरपालिका थानकोटस्थित समृद्धी टोल बस्ने रोशन थापाको घरबाट लाखौंको धनमाल चोरी भएको हो ।
प्रहरीका अनुसार नगद र विभिन्न सुन तथा चाँदीका गहना गरेर करिब तीन लाख ४६ हजार तीन सय रुपैयाँ बराबरको धनमाल चोरी भएको पाइएको छ ।
चोरीमा संलग्न फरार व्यक्तिको खोजी भइरहेको बताइएको छ ।
प्रायः दिउँसो तथा रातको समयमा चोरीका घटनाहरु बढ्न थालेको प्रहरीको भनाई छ ।
यसअघि असोज पहिलो साता नैकापस्थित एक घरबाट लाखाैं मूल्य बराबरको धनमाल चोरी भएको थियो । चन्द्रागिरि नगरका विभिन्न क्षेत्रमा मोटरसाइकलसमेत चोरीका घटनामा सार्वजनिक भइरहेका छन् ।










