मच्छेगाउँमा असोज २८ गतेबाट कार्तिक ६ गतेसम्म नवदुर्गा पूजा हुने
थानकोट ।
मच्छेनारायण भजन मण्डलको आयोजनामा भोलि असोज २८ गतेबाट कार्तिक ६ गतेसम्म नवदुर्गा पूजा हुने भएको छ ।
हरेक दिन बिहान ८ः३० बजेबाट ११ः०० बजेसम्म सञ्चालन हुने सो पूजा मच्छेगाउँस्थित तल्लो डबलीमा हुने बताइएको छ। सो धार्मिक अनुष्ठानका क्रममा ख्यातीप्राप्त भजन गायक गायिकाहरू तथा वाद्यवाधकहरूले प्रस्तुती दिनेछन्।
कार्यक्रममा बागमती प्रदेश सरकारका संस्कृति, पर्यटन तथा सहकारी मन्त्री पुकार महर्जनसमेत सहभागी हुने बताइएको छ ।













