दोस्रो चन्द्रागिरि खुला चङ्गा चैट प्रतियोगितामा राजिव आचार्य पहिलो, उत्तम कार्की दोश्रो

Thankot Times

थानकोट ।

दोस्रो चन्द्रागिरि खुल्ला चङ्गा चैट प्रतियोगिताको उपाधि चन्द्रागिरि नगरपालिका-९ मच्छेगाउँका राजिव आचार्यले जितेका छन् । उपाधिसहित आचार्यले बीस हजार रूपैया नगदका साथै ट्रफी तथा मेडल पुरस्कार पाए । 

शनिबार चन्द्रागिरि नगरपालिका-०६ मातातीर्थस्थित फुटबल मैदानमा आयोजित एक दिने प्रतियोगितामा १६ देखी ५५ वर्ष उमेरसम्मका ५२ जनाले सहभागिता जनाएको आयोजक चन्द्रागिरि एकिकृत समाजले जनाएको छ। 

प्रतियोगितामा चन्द्रागिरि नगरपालिका-७ चेकपोष्टका उत्तम कार्कीले दोश्रो स्थान हात पार्दा उनले १० हजार रूपैयाँ नगदका साथै ट्रफी तथा मेडल पुरस्कार पाए ।

चन्द्रागिरि नगरपालिका-७ कै सुन्दर बानियाँ प्रतियोगितामा तेस्रो भए । उनले  ५ हजार रूपैयाँ नगदका साथै ट्रफी र मेडल पुरस्कार पाए ।

विजयीहरूलाई चन्द्रागिरि नगरका उपमेयर बसन्ती श्रेष्ठ, चन्द्रागिरि वडा नं. ६ का वडाध्यक्ष सन्जय सिग्देल, चन्द्रागिरि वडा नं. १४ का वडाध्यक्ष राजभाई महर्जन लगायतले पुरस्कार वितरण गरेका थिए ।

प्रतियोगितामा सहभागी ५२ जनालाई १३-१३ जनाको समुह बनाई प्रतिस्पर्धा गराइएको थियो । 

यसअघि शनिबार बिहान चन्द्रागिरि नगरका नगरप्रमुख घनश्याम गिरी तथा उपप्रमुख बसन्ती श्रेष्ठले प्रतियोगिताको उद्घाटन गरेका थिए ।

सबै तस्बिरहरू सामाजिक सञ्जालबाट


Leave a Reply

Your email address will not be published. Required fields are marked *