नैकाप गाेल्डकप-२०८०: महादेव यूथ र वाणस्थली यूथ क्वाटरफाइनलमा

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगरपालिकामा जारी छैठौं नैकाप गाेल्डकप फुटबल प्रतियोगिता अन्तर्गत दाेश्राे चरणको खेलमा महादेव यूथ क्लब र वाणस्थली युवा क्लबले विजयी सुरुवात गरेका छन् ।
प्रतियाेगिताकाे पुल डी मा रहेका वाणस्थली युवा क्लब र वार्सा नेपालबीचकाे खेलमा वाणस्थलीले २-१ काे जित हात पार्याे ।

जितसँगै वाणस्थली प्रतियोगिताकाे अन्तिम ८ मा प्रवेश गरेकाे छ ।
प्रतिस्पर्धात्मक खेलमा अग्रता भने बार्सा नेपालले जिनलब स्याड्बोको गोलमा लिए पनि बिपन श्रेष्ठको गोलमा वाणस्थलीले बराबरी गरेको थियो ।
दोस्रो हाफमा सुदिप सिख्रकारको गोलसँगै वाणस्थली विजयी भयाे ।

यसैगरी प्रतियोगिताअन्तर्गत पुल डी मा रहेका महादेव यूथ क्लब र भिमसेन यूथ क्लबबीचको खेलमा महादेव यूथ क्लब ६-२ ले विजयी भयाे ।

पहिलो हाफ २-१ मा सकिएकाे खेलकाे दोस्रो हाफमा महादेव युथले पूर्ण रूपमा खेल आफ्नो नियन्त्रणमा राख्दै फराकिलो जित दर्ता गरेको थियो ।

खेलमा महादेव युथका लागि निरव खड्काले ह्याट्रिक पुरा गरे भने समिर गुरूड्गले दुई तथा सबिन कार्कीले एक गोल गरे ।

पराजित भिमसेनका लागि अनिल बलामीले दुई गोल गरे

। जितसँगै महादेव पनि प्रतियोगिताको अन्तिम ८ का लागि छनाेट भएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *