नैकाप गाेल्डकप-२०८०: कुर्दनकाे चुनाैती क्वाटरफाइनलमै सकिँदा मध्यपुर र ब्लुबेल अन्तिम चारमा

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगरपालिकामा जारी छैठौं नैकाप गाेल्डकप फुटबल प्रतियोगिताबाट उपाधिकाे बलियाे दाबेदार कुर्दन फुटबल एकेडेमी बाहिरिएको छ।

प्रतियोगिता अन्तर्गत शुक्रबार सम्पन्न पहिलो क्वाटरफाइनलमा साबिक उपविजेता ब्लुबेल फुटबल क्लबसँग १-० काे झिनाे हारसँगै कुर्दनकाे छैठौं नैकाप गाेल्डकपमा चुनाैती सकिएको हाे ।

अब ब्लुबेलले सेमिफाइनलमा महादेव र गाेल्डस्टार क्लबबीचकाे खेलकाे विजेतासँग कार्तिक २२ गते प्रतिस्पर्धा गर्नेछ, यी दुई बीच भाेलि शनिबार क्वाटरफाइनल खेल हुनेछ ।
यसै गरि शुक्रबार नै सम्पन्न दाेश्राे सेमिफाइनलमा मध्यपुर युवा जागरुक क्लबले वाणस्थली युथ साेसाइटीकाे चुनाैती २-१ ले पन्छाउँदै  प्रतियोगितामा आफ्नाे उपाधि दाबेदारी कायमै राख्न सफल रह्याे ।
फाइनल प्रवेशका लागि अब मध्यपुरले भाेलि शनिबार हुने हामी दाजुभाई फुटबल क्बल र न्यू चन्द्रसूर्यबीचकाे खेलकाे विजेतासँग कार्तिक २२ गते प्रतिस्पर्धा गर्ने तालिका रहेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *