सुनको मूल्य घट्यो, चाँदीको स्थिर

Thankot Times

थानकोट ।

नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा ५०० रुपैयाँले घटेको हो ।

यस दिन छापावाल सुन तोलाको एक लाख १५ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ ।

आइतबार छापावाल सुन तोलाको एक लाख १५ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुन तोलाको एक लाख १४ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदीको मूल्य भने स्थिर छ । चाँदी तोलाको एक हजार ४१५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *