सुनचाँदीको मूल्यमा गिरावट

Thankot Times

थानकोट ।

नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य घटेर कारोबार भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य तोलामा ४०० रुपैयाँले घटेको छ ।

यस दिन छापावाल सुन तोलाको एक लाख १५ हजार रुपैयाँमा कारोबार भएको हो ।

सोमबार छापावाल सुन तोलाको एक लाख १५ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुन तोलाको एक लाख १४ हजार ४५० रुपैयाँमा कारोबार भएको छ ।

आज चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले घटेर कारोबार भएको छ ।

चाँदी तोलाको एक हजार ४०५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

सोमबार चाँदी तोलाको एक हजार ४१५ रुपैयाँमा कारोबार भएको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *