‘तीनकुनेमा कार्यक्रम गर्नका लागि अनुमति छैन’- जिल्ला प्रशासन कार्यालय काठमाडाैं

Thankot Times

थानकोट । 

जिल्ला प्रशासन कार्यालय काठमाडौँले राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउन महाअभियानलाई तीनकुनेमा कार्यक्रम गर्नका लागि अनुमति नदिएको जनाएको छ। 

महाअभियानका अध्यक्ष प्रसाईँले आजदेखि तीनकुने क्षेत्रमा कार्यक्रम गर्ने घोषणा गरेकाले उक्त क्षेत्रमा कार्यक्रम गर्न निषेध गरिएको र जबर्जस्ती गरे कानुनबमोजिम कारबाही गर्ने चेतावनी स्थानीय प्रशासनले दिएको छ। 

शान्ति सुरक्षामा गम्भीर असर पार्ने गरी प्रचलित कानून विपरीतका गतिविधि गरेमा कानून बमोजिम कारबाही गरिने सहायक प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यद्वारा जारी गरेको विज्ञप्तिमा उल्लेख छ। 


Leave a Reply

Your email address will not be published. Required fields are marked *