धनकुटामा नेकपा एमालेका अध्यक्ष केपी ओलीमाथि आक्रमण प्रयास

Thankot Times

थानकोट ।

मध्यपहाडी संकल्प यात्राको क्रममा धनकुटा र भोजपुरको बीचमा पर्ने लेगुवा पुगेका एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि एक व्यक्तिले आक्रमणको प्रयास गरेका छन् ।

फूलमाला र अविरले स्वागत गर्ने लाइनमा बसेका एक व्यक्तिले ओलीमाथि आक्रमणको प्रयास गरेका हुन् ।

उनको आक्रमण लगत्तै एमाले कार्यकर्ताले ती व्यक्तिलाई कुटपिट गरेका थिए । महालक्ष्मी-५ धनकुटाका महेश राईले ओलीमाथि आक्रमणको प्रयास गरेका हुन् । प्रहरीले उनलाई नियन्त्रणमा लिएको छ ।

ओलीमाथि भएको आक्रमणको विषयमा प्रहरीले भने औपचारिक रुपमा कुनै जानकारी दिएको छैन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *