एकीकृत समाजवादी काठमाडाैं क्षेत्र नं. १० को इञ्चार्जमा रमा आलेमगरको जिम्मेवारी यथावत

Thankot Times

थानकोट ।

नेकपा एकीकृत समाजवादीले केही नेताहरुको कार्यविभाजनमा हेरफेर गरेको छ ।

सो पार्टीको पुस २ र ३ गते बसेको सचिवालय बैठकले यसअघि विवादित बनेको अन्तरपार्टी निर्देशन अपानि पनि सच्याएको छ ।

अध्यक्ष माधवकुमार नेपालले गत असोज ५ देखी ७ गतेसम्म बसेको सचिवालय बैठकपछि विभिन्न जिल्लाका इन्चार्ज र सह-इन्चार्जहरुको जिम्मेवारी तोक्दै २१ जना नेताहरूलाई केन्द्रीय सदस्य मनोनीत गरेको जानकारीसहित अपानि जारी गरेका थिए । तर उक्त जिम्मेवारीप्रति सम्मानित नेता झलनाथ खनालसहितका नेताहरूले चर्को असन्तुष्टि जनाएका थिए ।

नेताहरूको चर्को असन्तुष्टि पछि नेपालले अपानि सच्याएर पठाउने बताएका थिए ।

नेताहरूको असन्तुष्टिपछि बुधबार जारी भएको संशोधित अपानिमा विभिन्न नेताहरूको जिम्मेवारी पनि हेरफेर भएको बताइएको छ ।

पार्टी केन्द्रीय सचिव रामकुमारी झाँक्रीको जिम्मेवारी हेरफेर भएको छ । संशोधित अन्तरपार्टी निर्देशन (अपानि)मा झाँक्रीको जिम्मेवारी फेरिएको हो । असोज ५–७ को सचिवालय बैठकपछि अध्यक्ष माधवकुमार नेपालले जारी गरेको अपानिमा झाँक्रीलाई प्रवास विशेष प्रदेश अन्तर्गत युरोप, अमेरिका र ल्याटिन अमेरिका इञ्चार्जको जिम्मेवारी तोकेका थिए । बुधबार जारी भएको संशोधित अपानिमा झाँक्रीलाई प्रवास विशेष प्रदेशको पार्टी कामको संयोजन गर्ने जिम्मा दिइएको छ ।

सो पार्टीको केन्द्रीय कमिटि सदस्य रमा आलेमरले यसअघि पाएको जिम्मेवारी जिल्ला सहइञ्चार्ज तथा काठमाडाैं क्षेत्र नंं १० को इञ्चार्जको भूमिका यथावत रहेको छ । 


Leave a Reply

Your email address will not be published. Required fields are marked *