दोलखा खुल्ला ब्याडमिन्टन प्रतियोगिताःभेट्रान्स डबल्सको उपाधि चन्द्रागिरिका पोखरेल र खत्रीलाई

Thankot Times

थानकोट ।

दोलखा उद्योग वाणिज्य संघको आयोजना एवं दोलखा जिल्ला ब्याडमिन्टन संघको सह-आयोजनामा पाैष १८ देखी २० गतेसम्म जारी खुल्ला ब्याडमिन्टन प्रतियोगितामा चन्द्रागिरि नगरका खेलाडीहरूले शानदार जित प्रदर्शन गरेका छन् ।

बृहत दोलखा महोत्सव-२०८० का अवसरमा आयोजित खुल्ला व्याडमिन्टन प्रतियोगितामा चन्द्रागिरि ब्याडमिन्टन क्लबका खेलाडी राज कुमार पोखरेल र हरि खत्रीको जोडी भेट्रान्स डबल्समा पहिलो स्थान हात पारेको चन्द्रागिरि ब्याडमिन्टन क्लबले जनाएको छ ।

प्रतियोगिताकाे साे स्पर्धामा पेप्सिकोलाका पुर्णहरि होना र राकेश थापाकाे जाेडी दाेश्राे भए। पोखरेल र खत्रीको जोडीसँग हाेना र थापाको जाेडी २१–१८ र २१–१९ को सोझो सेटमा पराजित भए ।

सो जोडीले गत साता सम्पन्न ललितपुर मेयर कप प्रतियोगिताको पुरुष ४५ बर्ष माथिको युगल तर्फको स्पर्धामा तेस्रो स्थान हात पारेको थियो ।

ललितपुर मेयर कप ब्याडमिन्टनः चन्द्रागिरि ब्याडमिन्टनका हरि खत्री र राजकुमार पोखरेल तेस्रो


Leave a Reply

Your email address will not be published. Required fields are marked *