चन्द्रागिरि ८ मा वडा सदस्यका उम्मेदवारले २६०० मत गणना हुँदा १३५४ मत पाए
स्थानीय तह निर्वाचनको मतगणना देशभर भइरहेको छ । चन्द्रागिरि नगरपालिकाको मत गणना नगर कार्यपालिकाको कार्यालय बलम्बुमा जारी छ । चन्द्रागिरि नगरका वडा नं. १ देखी ७ को मतगणना सकिएको छ ।
अहिले चन्द्रागिरि ८, ९ र १० काे मतगणना जारी छ ।
चन्द्रागिरि ८ मा नेपाली काँग्रेसका उम्मेदवारले अग्रता बनाइरहँदा नेकपा एमालेका उम्मेदवारले पछ्याइरहेका छन् । पछिल्लो मत गणनाको विवरण अनुसार २९०० मत खसेको चन्द्रागिरि ८ को २६०० मत गणना हुँदा वडाध्यक्षमा नेपाली काँग्रेसका उम्मेदवारले १२७५ मत पाउँदा नेकपा एमालेका उम्मेदवारले ९३७ मत पाएका छन् ।
यस वडामा नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्र बीच गठबन्धन बनेको छ ।
२९०० मत खसेको चन्द्रागिरि ८ को नेतृत्व लिन २ स्वतन्त्र सहित ६ उम्मेदवारहरूले उम्मेदवारी दर्ता गराएका थिए ।
हालसम्म चन्द्रागिरि ८ बाट मेयर पदका लागि रूख चिन्हमा १२१७ तथा सूर्य चिन्हमा १०३५ मत परेको छ ।
२६०० मत गणना हुँदा चन्द्रागिरि ८ मा नेपाली काँग्रेसका खुल्ला वडा सदस्य पदका उम्मेदवार विजय श्रेष्ठले १३५४ मत पाएका छन् । जुन सो पार्टीका वडाध्यक्षको भन्दा ७९ मत बढी हो ।












