टाइगर कप भलिबल: चन्द्रागिरि न्यु डायमण्ड समूह विजेता बन्दै सेमीफाइनलमा
थानकोट ।
पोखरा टाइगर ग्रुप अफ पोखराको आयोजनामा जारी चौथो टाइगरकपमा भारतको हरियाणा टिमलाई हराउँदै चन्द्रागिरि न्यु डायमण्ड समूह बी को विजेता बनेको छ ।
पोखरा रंगशाला भलिबल कोर्टमा जारी समूह बि तर्फको अन्तिम खेलमा हरियाणालाई ३-० को सोझो सेटमा हराउँदै डायमण्ड समूह विजेता बनेको हो ।
पहिलो सेट २५-१७ ले न्यु डायमण्डले आफ्नो पक्षमा पार्यो ।
दोस्रो सेट २५-१८ र तेस्रो सेट २५-१६ ले हरायो ।
एक समय हरियाणाले अग्रता लिएपनी डायमण्डले प्रतिभा मालीलाई कोर्टमा प्रवेश गराएपछि खेल आफ्नो पोल्टामा पारेको हो । आर्मी उप विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ । आर्मीको दुई अंक रहेको छ ।
यस अघि भएको खेलमा समूह ए को विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको हो । आफ्नो अन्तिम खेलमा गण्डकी प्रदेशलाई ३-० को सोझो सेटमा हराउँदै कुल पाचँ अंकका साथ सेमिफाइनल प्रवेश गरेको हो ।
बुधबार भएको एकपक्षीय खेलमा एपीएफले पहिलो सेट २५-१६ ले जित्यो । दोस्रो सेटमा २५-९ को जित हासिल गर्यो । तेस्रो सेटमा २५-१७ मा हरायो ।
समूह ए बाट पुलिस उपविजेता हुँदै सेमिफाइनल प्रवेश गरेको छ । पुलिसको कुल चार अंक रह्यो भने गण्डकी अंक बिहिन हुँदै बाहिरियो ।













