आज संसद् बैठक बस्दै

Thankot Times

थानकोट।

आजदेखि संसद् बैठक सुरु हुँदैछ ।

बैठक अपरान्ह चार बजेका लागि बोलाइएको छ ।

संसद् सचिवालयले सोमबार बस्ने संघीय संसद् बैठकको सम्भावित कार्यसूची तय गरेको छ ।

संसद्का महासचिव पद्यमप्रसाद पाण्डेले आइतबार सार्वजनिक गरेको संघीय संसद्को सम्भावित कार्यसूचीमा सभामुखले राष्ट्रपतिको अधिवेशन आह्वानबारे पत्र पढेर सुनाउने, राष्ट्रपतिको कार्यालयबाट प्राप्त कार्यभार तोकिएको पत्र पढेर सुनाउने, बैठकको अध्यक्षता गर्ने सांसदहरूको मनोनयन रहेका छन् ।

त्यस्तै विद्युत् व्यापार विधेयक २०८० र राष्ट्रिय मर्यादा सम्बन्धी विधेयक टेबल गर्ने तथा अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व अध्यादेश पेस गर्ने कार्यक्रम रहेको छ । त्यस्तै बाधा अड्काउ फुकाऊ आदेश पेस गर्ने सम्भावित कार्यसूची  तय भएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *