फागुन ६ गते प्रतिनिधि सभामा प्रधानमन्त्रीसँग प्रश्नोत्तर हुने
थानकोट ।
प्रतिनिधि सभामा फागुन ६ गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग प्रश्नोत्तर कार्यक्रम हुने भएको छ।
सभामुख देवराज घिमिरेले फागुन ६ गते प्रधानमन्त्रीसँग प्रश्नोत्तर हुने बुधबारको प्रतिनिधि सभा बैठकमा जानकारी गराएका थिए।
प्रतिनिधि सभा नियमावली २०७९ को परिच्छेद ९ बमोजिम प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम तय भएको हो।
प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तरका लागि सांसदहरुले आगामी फागुन २ गते अपराह्न ३ बजेभित्र संसद सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयलाई लिखित रूपमा प्रश्न उपलब्ध गराउनुपर्ने हुन्छ।











