घुस लिने चन्द्रागिरि नगरका प्राविधिक कर्मचारीलाई विशेष अदालतले सुनायो यस्तो सजाय

Thankot Times

थानकोट ।

विशेष अदालत काठमाडाैंका अध्यक्ष टेक नारायण कुँवर, न्यायधीशहरु रामबहादुर थापा र मुरारी बाबुश्रेष्ठको इजलासले सेवाग्राहीबाट २५ हजार रुपैयाँ घुस लिएपछि पक्राउ परेकी चन्द्रागिरि नगरमा कार्यरत प्राविधिक कर्मचारीलाई १५ दिन कैद सजाय सुनाएको छ।

सेवाग्राहीबाट २५ हजार रुपैयाँ घुस लिएपछि पक्राउ परेकी उनलाई दोषी ठहर गर्दै १५ दिन कैद र २५ हजार रुपैयाँ जरिवाना सुनाएको हो।

चन्द्रागिरि नगरपालिका वडा नम्बर १४ मा कार्यरत असिस्टेन्ट सब इन्जिनियर विजयालक्ष्मी पन्तले भवन निर्माण सम्पन्न भएको प्रमाणपत्र दिने क्रममा सेवाग्राहीसँग घुस मागेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई गत असोज १५ गते पक्राउ गरेको थियो।

चन्द्रागिरि नगरपालिकामा कार्यरत प्राविधिक कर्मचारी २५ हजार घुस लिएको अभियोगमा पक्राउ

अख्तियारद्धारा चन्द्रागिरि नगरपालिकामा कार्यरत कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर


One thought on “घुस लिने चन्द्रागिरि नगरका प्राविधिक कर्मचारीलाई विशेष अदालतले सुनायो यस्तो सजाय

  1. अब एति मात्र होईन त? चाईना मा जस्तो झुन्डयाउने चलन त पक्कै छैन होला?? जे होस चिनेको मान्छे रेछ थोरै सजाय मै छुट्ने भयो खुशि लाग्यो

Leave a Reply

Your email address will not be published. Required fields are marked *