नापी कार्यालय कलंकीका सर्वेक्षक र चन्द्रागिरि बस्ने लेखापढी व्यवसायीविरुद्ध भ्रष्टाचार मुद्दा दायर

Thankot Times

थानकोट ।

एक लाख रुपैयाँ घुससहित पक्राउ परेका नापी कार्यालय, कलंकीका सर्वेक्षक र लेखापढी व्यवसायीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले  मुद्दा दायर गरेको छ ।

आयोगले सर्वेक्षक लक्ष्मीप्रसाद चौलागाईं र लेखापढी व्यवसायी नेत्रमणि पोखरेललाई माघ २४ गते नापी कार्यालयबाट रंगेहात पक्राउ गरेको थियो ।

उक्त रकममध्ये सर्वेक्षक लक्ष्मीप्रसाद चौलागाईंले जग्गा हालसाबिकको काम गरेबापत ५० हजार रुपैयाँ घुस लिएको देखिएकाले चौलागाईंविरुद्ध पनि मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।

जग्गा हाल साबिक र कित्ताकाट गरी पूर्जा उपलब्ध गराइदिने भनेर उनीहरूले सेवाग्राहीसँग घुस लिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।

उदयपुर घर भएका लेखापढी व्यवसायी पोखरेल चन्द्रागिरि नगरपालिकामा बस्दै आएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको विज्ञप्तीमा उल्लेख छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *