पाँचौं ब्राइट फ्युचर एसइई कप फुटसल आजदेखि, ८ टोलीको सहभागिता
थानकोट ।
पाँचाैं संस्करणको एसइई कप फुटसल प्रतियोगिता आजदेखि (बैशाख १८ गते)बाट सुरु हुँदै छ।
चन्द्रागिरि नगरपालिका वडा नं. १४ नैकापस्थित ब्राइट फ्यूचर माविको आयोजनामा हुने प्रतियोगिता सोही विद्यालयको एरिनामा सञ्चालन हुनेछ ।
गतवर्ष माध्यमिक शिक्षा परीक्षा दिएर बसेका विद्यार्थीहरूले सहभागिता जनाउन सक्ने यस प्रतियोगिताका विजेता, उपविजेता तथा व्यक्तिगत विधामा सर्वोत्कृष्ठ हुने खेलाडीले नगद पुरस्कार तथा छात्रवृत्ति पाउने विद्यालयले जनाएको छ ।
प्रतियोगिताको विजेताले ३५ हजार रूपैयाँ तथा कक्षा ११ मा अध्ययनका लागि शतप्रतिशत छात्रवृत्ति पाउनेछन् ।
यस्तै, उपविजेताले २० हजार रूपैयाँ तथा कक्षा ११ मा अध्ययनका लागि ७५ प्रतिशत छात्रवृत्ति पाउनेछन् ।
व्यक्तिगत विधामा सर्वोत्तम घोषित हुनेले जनही बीस हजार रुपैयाँ हात पार्नेछन् ।
प्रतियोगितामा ८ टोलीको सहभागिता रहने भएको छ। पहिलो खेलमा रिब्स र सनसाइनबीच खेल हुनेछ । खेल बिहान ८ बजे सुरु हुने तालिका रहेको छ।ेेे
प्रतियोगिताको गतवर्षको संस्करण हिमशिखर स्कुल जितेको थियो भने जेसिस दोश्रो भएको थियो ।











