बलम्बुमा मध्यरातमा हावाहुरीका कारण १६ वटा गाई पालिएको टहरा भत्किएपछि….

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगरपालिका-१२ बलम्बु पिपलबोटस्थित एक टहरा मंगलबार (बैशाख १५ गते) राति हावाहुरीका कारण भत्किएपछि त्यहाँ बाँधिएका १६ वटा गाईको सकुशल उद्दार गरिएको छ ।

बाजुराका नन्दाराज पाण्डेले संचालन गरेको गाई गोठ राति ११ बजे हावाहुरी र वर्षाका कारण भासिएर भत्किएको खबरपछि प्रहरी प्रभाग बलम्बुबाट खटिएको प्रहरी टोलीले तत्काल ती गाईहरूको उद्दार गरेको हो ।

प्रहरी प्रभाग बलम्बु प्रमुख प्रहरी निरीक्षक लक्ष्मी खड्काको कमाण्ड खटिएको १० जनाको प्रहरी टोलीले उक्त उद्दार कार्यमा खटिएको बताइएको छ ।

घटनामा कुनै मानवीय क्षति भने नभएको बताइएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ