१ करोड २१ लाख रुपैयाँको लागतमा तीनथानास्थित विष्णुदेवी मन्दिर स्तरोन्नति हुँदै

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगरपालिकाको प्रमुख धार्मिकस्थल मध्येको एक तीनथानास्थित विष्णुदेवी मन्दिर स्तरोन्नति हुने भएको छ।

नगरको गाैरवको आयोजनाका रुपमा सूचीकृत विष्णुदेवी मन्दिर क्षेत्र अन्तर्गत सो मन्दिर स्तरोन्नतिका लागि बिहीबार चन्द्रागिरि नगरपालिकाले सार्वजनिक बोलपत्र आह्वान गरेको हो ।

सो कार्यका लागि कुल १ करोड २१ लाख १८ हजार ९ सय ३९ रुपैया पैसा ७४ हजारको इस्टमेट तयार गरिएको नगरका प्रमुख प्रशासकीय अधिकृत जग्दिश चन्द्र नेपालीले जानकारी दिए ।

यो भ्याटसहितको रकम हो।

यस बोलपत्रका लागि जेठ १ गते पूर्व बोलपत्र बैठकको तयारी गरिएको छ ।

हाल विष्णुदेवी मन्दिर क्षेत्रमा युरोपियन यूनियनको सहयोगमा विभिन्न संरचना निर्माण एवं स्तरोन्नतिको कार्य समेत जारी रहेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *