मच्छेगाउँस्थित आफ्नै घरबाट बेपत्ता भए दुई जना बालक
थानकोट ।
चन्द्रागिरि नगरपालिका-०९ मच्छेगाउँस्थित बाेहाेरा चाैरबाट दुई जना बालक सम्पर्कविहिन भएका छन् ।
स्थानीय नारायणजन माविमा कक्षा ४ मा अध्ययनरत १२ वर्षीय सुशील सुनार र कक्षा २ मा अध्ययनरत अभिषेक सुनार हिजाे बैशाख २९ गते देखि सम्पर्कविहिन भएकाे विद्यालयले जनाएको छ।
बालकका अभिभावकले विद्यालयमा जानकारी गराएपछि उनीहरु बेपत्ता भएकाे खबर सार्वजनिक भएको हाे ।
उनीहरु शनिबार बिहान ८ बजेबाट बेपत्ता भएका हुन् ।
सुनार द्वयलाई फेला पार्नु हुने महानुभावहरुले नजिकैको प्रहरी कार्यालय वा फोन नं ९८६०३६२६०१ मा सम्पर्क गरि सहयोग गरिदिन नारायणजन माविले सबैमा अनुराेेध गरेको छ ।
चन्द्रागिरि नगरपालिका वडा नं. ९ मच्छेगाउँका वडाध्यक्ष अच्युत अधिकारीले बालकहरु बेपत्ता भएकाे विषय जानकारीमा आएको बताउनुभयो ।










