काठमाडौं उपत्यकाको महँगी ४.०६ प्रतिशत, सबैभन्दा बढी पहाडमा
थानकोट ।
चालु आर्थिक वर्ष २०८०/०८१ को चैत महिनामा महँगी ४.६१ प्रतिशत बढेको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्षको चैतमा उपभोक्ता मुद्रास्फीति ७.७६ प्रतिशत रहेको थियो ।
राष्ट्र बैंकका अनुसार खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ५.२१ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ४.१४ प्रतिशत रहेको छ ।
चैत महिनामा काठमाडौं उपत्यकाको महँगी ४.०६ प्रतिशत छ ।
यस्तै, तराईको महँगी ४.५८ प्रतिशत, पहाडको ५.३३ प्रतिशत र हिमालको महँगी ४.३२ प्रतिशत रहेको छ ।
नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०/८१ को ९ महिनाको तथ्यांक हेराैं।













