पेट्रोलको भाउ लिटरमा ७ रुपैयाँ घट्यो, काठमाडाैंमा अब पेट्रोल लिटरको १७१ रुपैयाँ
थानकोट ।
पेट्रोलको भाउ लिटरमा ७ रुपैयाँ घटेको छ ।
बुधबार नेपाल आयल निगमले पेट्रोल, डिजेल तथा मट्टितेलको मूल्य घटाएको हो ।
निगमले पेट्रोलको मूल्य प्रतिलिटर ७ रुपैयाँ र डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रुपैयाँले घटाएको एक विज्ञप्तिमार्फत जानकारी दिएको छ ।
घटेको मूल्य बुधवार राती १२ बजेपछि लागू हुनेछ ।














