आजबाट जेठ ३० गतेसम्म बिहान १० बजेपछि मात्रै चन्द्रागिरि केबलकार चढ्न पाइने
थानकोट।
आजबाट जेठ ३० गतेसम्म चन्द्रागिरि केबलकारको सञ्चालन समयमा फेरबदल गरिएको छ ।
अब चन्द्रागिरि केबलकार बिहान १० बजेबाट मात्रै सर्वसाधारणका लागि खुला हुनेछ ।

चन्द्रागिरि हिल्स व्यवस्थापनका अनुसार नियमित सुरक्षा जाँचका लागि केबलकार सञ्चालनको समय परिवर्तन हुन लागेको हो ।
शनिबार एक सूचना जारी गर्दै चन्द्रागिरि हिल्स व्यवस्थापनले केबलकार सेवा आइतबार देखि बिहीबारसम्म बिहान १० बजेदेखी साँझ ६ बजेसम्म सञ्चालन हुने जानकारी दिएको हो ।
शुक्रबार, शनिबार र अन्य सार्वजनिक बिदाका दिन बिहान १० बजेबाट बेलुकी ९ बजेसमम खुला हुनेछ ।













