पूर्वाधार मन्त्री महासेठलाई बालेनले पठाए एक ट्रक धुलो उपहार

Thankot Times

थानकोट ।

 काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठलाई धूलो पठाएका छन् ।  उनले शनिबार महासेठलाई एक ट्रक धुलो पठाएका हुन् ।

बालेनले विगत १५ वर्षदेखि काठमाडौँका जनताले कलंकीदेखि महाराजगञ्जसम्म रिङरोड विस्तारको नाममा धेरै धूलो र कष्ट व्यहोर्नुपरेको भन्दै धुलो पठाएको कुरा सार्वजनिक गरेका छन् ।

काम अगाडि बढ्दैन तबसम्म हरेक दिन महासेठलाई पायक पर्ने ठाउँमा एक ट्रक धुलो उपहार पठाउने समेत बताए ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय सडक विभाग सुपरिवेक्षण तथा अनुगमन कार्यालय अगाडि एक ट्रक धूलो खन्याएको भिडियो सामाजिक सञ्जाल फेसबुकमा राखेका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ