काठमाडौं महानगर बजेट २५ अर्ब ७० करोड बजेट
थानकोट ।
आर्थिक वर्ष २०८१-८२ का लागि काठमाडौं महानगरपालिकाले २५ अर्ब ७० करोड ६३ लाख २५ हजार रूपैयाँको बजेट विनियोजन गरेको छ ।
सोमबार महानगरको १५औं नगरसभा बैठकमा उपप्रमुख सुनिता डंगोलले उक्त बजेट विनियोजन गरेकी हुन् ।
महानगरले आगामी आर्थिक वर्षमा ११ वटा गौरवका योजना अगाडि सारेका छ । त्यसका लागि ३ अर्ब बजेट विनियोजन गरिएको उपप्रमुख डंगोलले जानकारी दिएकी छन् ।
त्यस्तै काठमाडौं महानगरपालिकाले २ अर्ब बराबरको ३० वटा स्वर्णिम योजना ल्याएका छ ।
जसमा ढलरहित नदीलगायत रहेका छन् ।
काठमाडौँ महानगरले चालु आर्थिक वर्षका लागगि २४ अर्ब ८ करोडको बजेट प्रस्तुत गरेको थियो ।
चालु आर्थिक वर्षमा महानगरले १० अर्ब ८० करोडको राजस्वसहितको आम्दानी गरेको र हाल महानगरको बैंक खातामा १३ अर्ब २३ करोड रहेको डंगोलले जानकारी दिएकी छन् ।
महानगरले चालु आर्थिक वर्षको बजेटको ९ अर्ब ३३ करोड मात्र खर्च गरेको उपमयेर डंगोलले बताएकी छन्, जुन कुल बजेटको ३९ प्रतिशत मात्र हो ।













