साउन २० गतेसम्म थानकोट-चन्द्रागिरि सडक खण्ड बिहान १० बजेबाट साँझ ५ बजेसम्म बन्द रहने

Thankot Times

थानकोट ।

थानकोट-चन्द्रागिरि-चित्लाङ सडक साउन २० गतेसम्म बिहान १० बजेबाट साँझ ५ बजेसम्म बन्द हुने भएको छ ।

सो सडक खण्डको सेतो पहरो क्षेत्रको सडकमा चाैडाई कम भएको स्थानमा ब्याक कटिङ तथा ग्रेड डाउन गर्ने कार्य नसकिएपछि साउन २० गतेसम्मका लागि सडक दैनिक ७ घण्टा बन्द गरी कटिङ कार्य जारी राखिने भएको हो ।

सडक डिभिजन कार्यालय काठमाडौंले बिहीबार एक सूचना जारी गर्दै सो सडकमा बिहान १० बजेदेखी साँझ ५ बजेसम्म सवारी साधन सञ्चालन निषेध गर्न चन्द्रागिरि नगर तथा थाहा नगरसँग सहजीकरणका लागि अनुरोध समेत गरेको छ ।

यसअघि जेठ २५ गतेबाट असार २० गतेसम्म दैनिक ७ घण्टा बन्द गरी सडक मर्मत एवं कटिङको कार्य गरिएको भएपनि कटिङका लागि समय बढी लागेको र मौसम प्रतिकुल भएका कारण निर्धारित अवधि भित्र सडकको कटिङ लगायतका कार्य नसकिएपछि सडक विभागले पुनः सूचना जारी गरेको हो ।

 सूचना हेराैं


Leave a Reply

Your email address will not be published. Required fields are marked *