ब्राइट किन्डरवर्ल्डलाई श्रीलंकामा दुई अवार्ड

Thankot Times

थानकोट ।

नैकापस्थित ब्राइट किन्डरवर्ल्डले श्रीलंकामा दुई अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गरेको छ ।

किन्डरवर्ल्डले करिकुलम विकासमा ‘गिजुभाइ बधेका ईसीसीई अवार्ड’ र ‘बेस्ट प्रि–स्कुल इन नेपाल’ गरी दुई अवार्ड प्राप्त गरेको हो ।

श्रीलंकामा आयोजित ‘इन्टरनेसनल कन्फरेन्स अन अर्ली चाइल्डहुड केयर एजुकेसन एन्ड रिसर्च २.०’ कार्यक्रममा नेपालबाट ब्राइट किन्डरवर्ल्ड सम्मानित भएको हो ।

यो उपलब्धि किन्डरवर्ल्डका विद्यार्थीको लगनशीलता, अभिभावकको साथ, कर्मचारी र शिक्षकको मिहिनेतले हासिल गर्न सकिएको किन्डरवर्ल्डले जनाएको छ ।

किन्डरवर्ल्डकी निर्देशक हीरा थापाले साे अवार्ड ग्रहण गर्नुभएको ब्राइट फ्युचर माविमा अध्यक्ष माेहन कुमार कार्कीले जानकारी दिनुभयो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *