तेस्रो लोकप्रिय मतसहित रमा आलेमगर एकीकृत समाजवादीको पोलिट ब्युरो सदस्यमा निर्वाचित

Thankot Times

थानकोट ।

नेकपा एकीकृत समाजवादीको ८४ सदस्यीय पोलिट ब्यूरो चयन भएको छ ।

गएराति सम्पन्न मतगणनामा समाजवादीको ८४ सदस्यीय पोलिट ब्यूरो चयन भएको हो ।

नयाँ सदस्यमा सुदेश पराजुलीले सबैभन्दा धेरै मत पाएका छन् ।

उनले १५४ मत पाएका छन् ।

समग्रमा भने विरोध खतिवडाले सबैभन्दा धेरै मत पाएका छन् । उनले २०१ मत पाएका छन् ।

यस्तै जीवनराम श्रेष्ठले १९५ मत प्राप्त गरेका छन् ।

बागमती प्रदेश सभा सदस्य समेत रहेकी रमा आलेमगरले १९४ मत पाउँदै पोलिट ब्यूरो सदस्यमा निर्वाचित भएकी छन् ।

नेकपा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्री पदाधिकारीमा हारे पनि पोलिटब्युरो सदस्यमा भने विजयी भएकी छिन् । आज सार्वजनिक मतपरिणाम अनुसार उनले १८२ मतका साथ चौथो स्थानमा रहेर पोलिटब्युरोमा विजयी भएकी हुन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *