आइसीसी क्रिकेट विश्वकप लिग-२: नेपालले आज क्यानडाविरुद्ध खेल्दै

Thankot Times

थानकोट ।

नेपाली राष्ट्रिय क्रिकेट टिमले आइसीसी क्रिकेट विश्वकप लिग-२ को सिरिजमा ओमान र क्यानडासँग त्रिकोणात्मक सिरिज अन्तर्गत आज पहिलो खेल खेल्दै छ ।

नेपालले आज आयोजक क्यानडाविरुद्ध सिरिजको पहिलो खेल खेल्न लागेको हो ।

यो खेल नेपाली समय अनुसार राति ७ः४५ बजेदेखि ओन्टारियोस्थित किंग सिटी स्टेडियममा हुँदैछ ।

क्यानले यस सिरिजका लागि रोहितकुमार पौडेलको कप्तानीमा सोमबार १६ सदस्यीय टोली क्यानडा पठाएको छ ।

नेपाली टोलीमा रोहितकुमार पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, अनिल साह, भीम सार्की, आरिफ शेख, कुशल मल्ल, दीपेन्द्र सिंह ऐरी, अर्जुन साउद, सोमपाल कामी, करण केसी, गुल्शन झा, रिजन ढकाल, सन्दीप लामिछाने र ललित राजबंशी रहेका छन् ।

त्यस्तै देव खनाल ट्राभलिङ रिजर्भमा रहेका छन् ।

नेपालले लिग-२ मा अहिलेसम्म ४ खेल खेलेको छ ।

जसमा एक जित हासिल गरेको छ भने ३ खेल हार बेहोरेको छ ।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *