काभा वुमन्स क्लब च्याम्पियनसिपको उपाधि नेपाल पुलिस क्लबलाई
थानकोट ।
माल्दिभ्समा सम्पन्न सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) वुमन्स क्लब च्याम्पियनसिपको उपाधि नेपाल पुलिस क्लबले जितेको छ । शनिबार राति भएको फाइनल खेलमा उज्वेकिस्तानको हुमो भलिबल क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस च्याम्पियन बनेको हो ।
हुमोविरुद्धको खेलमा पुलिस क्लब २५-१६, २५-२२ र २५-२३ ले विजयी भयो ।
पुलिस प्रतियोगितामा अपराजित रहँदै फाइनलमा प्रवेश गरेको थियो ।
पुलिस क्लबले नेपालको च्याम्पियन क्लबको हैसियतमा प्रतियोगितामा भाग लिएको हो ।
प्रतियोगितामा नेपाल, माल्दिभ्स, उज्वेकिस्तान, श्रीलङ्का, ताजकिस्तान र कीर्गिस्तानका क्लबको सहभागिता थियो ।














