एएफसी यू-२० एसियन कप छनोट : समीरको ह्याट्रिकमा नेपालको पहिलो जित
थानकोट ।
नेपालले नेपालले एएफसी यु-२० एसियन कप छनोटमा घरेलु टोली चाइनिज ताइपेइलाई ३-१ ले पराजित गरेको छ ।
समूह बी मा नेपालको यो पहिलो जित हो ।
नेपालले दुई खेबाट ३ अंक जोडेको छ ।
समीर तामाङको ह्याट्रिक मद्दतमा नेपालले प्रतियोगितामा पहिलो जित हात पारेको हो ।
न्यु ताइपेइस्थित फु जेन क्याथोलिक युनिभर्सिटी स्टेडियममा भएको खेलमा समीरले ह्याट्रिक गरेका हुन् ।
पहिलो खेलमा नेपाल कम्बोडियासँग ४-१ ले पराजित भएको थियो ।
समूह बी मा उज्वेकिस्तान, बहराइन, नेपाल र कम्बोडियाको समान ३ अंक छ ।
गोल अन्तरका आधारमा उज्वेकिस्तान समूहको शीर्ष स्थानमा छ भने बहराइन दोस्रो स्थानमा छ । नेपाल तेस्रो स्थानमा छ ।
नेपालले समूहको आफ्नो तेस्रो खेलमा बुधबार उज्वेकिस्तानको सामना गर्नेछ ।
यस्तै नेपालले समूहको अन्तिम खेल शुक्रबार बहराइनसँग खेल्नेछ ।














