बलम्बु अस्पतालमा कार्यरत अर्का डाक्टरमाथि पनि कारबाहीको तयारी

Thankot Times

थानकोट ।

गृह मन्त्रालयले सशस्त्र प्रहरीका प्रहरी निरीक्षक (इन्स्पेक्टर) सुजितकुमार साहलाई कारबाही गर्ने तयारी गरेको छ।  सर्लाही हरिपूर्वा नगरपालिका वडा नम्बर ९ का साह बलम्बुस्थित एपिएफ अस्पतालमा कार्यरत छन्।

उनी वैशाख १३ गतेदेखि बिदा स्वीकृत नगराई अस्पतालमा अनुपस्थित रहेको गृह मन्त्रालयले आज जारी गरेको सूचनामा उल्लेख छ।

पदीय जिम्मेवारी एवं आचरण विपरीत कार्य गरेको देखिएको भन्दै उनलाई भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य नठहरिने गरी सेवाबाट हटाउने गृहको तयारी छ।

कारबाही गर्न नपर्ने कुनै कारण भए सात दिनभित्र सफाइ पेश गर्न पनि गृहले साहलाई समय दिएको छ।

यसअघि बिदा नलिई लामो समयदेखि कार्यालयमा अनुपस्थित रहेकी सशस्त्र प्रहरीकी इन्स्पेक्टर डाक्टर अञ्जु गुरूङलाई गृह मन्त्रालयले स्पष्टीकरण सोधेको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *