कांग्रेसका सांसदले सरकारको राहतको कोषमा १५ दिनको पारिश्रमिक दिने

Thankot Times

थानकोट ।

नेपाली कांग्रेसका सांसदहरुले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १५ दिनको पारिश्रमिक दिने भएका छन् ।

मंगलबार बसेको कांग्रेसको संसदीय दलको बैठकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १५ दिनको पारिश्रमिक दिने निर्णय गरेको प्रमुख सचेतक श्यामकुमार घिमिरेले जानकारी दिएका छन् ।

कांग्रेस पार्टीले यस अघि नै कोषमा पार्टीको तर्फबाट एक करोड दिने निर्णय गरिसकेको छ । 


Leave a Reply

Your email address will not be published. Required fields are marked *