राष्ट्रपति रामचन्द्र पाैडेदद्वारा विपद्सम्बन्धी अध्यादेश जारी

Thankot Times

थानकोट ।

राष्ट्रपति रामचन्द्र पौडेलले विपत्‌सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३ जारी गरेका छन् ।

सरकारको सिफारिसमा राष्ट्रपति पाैडेलले शुक्रबार उक्त अध्यादेश जारी गरेका हुन् ।

भोटेकोसी बाढीलाई मध्यनजर गर्दै सरकारले विपत्‌सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने गरी अध्यादेश सिफारिस गरेको थियो ।

हाल नेपालमा १२ वर्षसम्म बेपत्ता भएका व्यक्तिलाई मृतक घोषणा गर्न सकिने व्यवस्था छ । यसलाई छोट्याएर विपत्‌को सन्दर्भमा ४५ दिनमै मृतक घोषणा गर्न सकिने विषय अध्यादेशमा छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ