एमाले सांसदको १५ दिनको तलब सरकारी राहत कोषमा जम्मा गरिने
थानकोट ।
नेकपा (एमाले)का सांसदहरूको १५ दिनको तलब सरकारी राहत कोषमा जम्मा गरिने भएको छ ।
मंगलबार बसेको संसदीय दलको बैठकमा आधा महिनाको तलब कोषमा जम्मा गर्ने निर्णय भएको सचेतक सुनिता बरालले जानकारी दिइन् ।
एमाले ले बाढीपहिरो पीडितलाई पुनःर्स्थापनाका लागि जनप्रतिनिधिलाई सचेतकतापूर्वक लाग्न पनि निर्देशन गरेको छ ।
त्यसअघि बसेको सचिवालय बैठकले पार्टीका तर्फबाट ५० लाख रुपैयाँ राहत कोषमा प्रदान गर्ने निर्णय गरेको थियो ।










